२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट

स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट


काठमाडौं—सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब बजेट छुट्याएको छ । सोमबार संसदका संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य मन्त्रालयलाई ८३ अर्ब ९९ करोड रुपैयाँ छुट्याइएको घोषणा गरेका हुन् ।

गत आर्थिक वर्षमा स्वास्थ्य मन्त्रालयलाई १ खर्ब ३ अर्ब बजेट पाएको थियो । तर, आर्थिक तरलतालगायतका कारण देखाउँदैं सरकारले स्वास्थ्यको बजेटमा भारी कटौती गरेको हो ।

तर, स्वास्थ्यले पाएको बजेट योजना आयोगले पठाएको सिलिङभन्दा बढेर आएको छ । यस वर्ष स्वास्थ्यतर्फ नियमितबाहेक नयाँ कार्यक्रमहरु केही पनि परेका छैनन् ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को १५ खर्ब ४ अर्ब ९९ करोड बजेट ल्याएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ