२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएको एमाले सांसदको आपत्ती

डा. रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएको एमाले सांसदको आपत्ती


काठमाडौं—नेकपा एमालेका सांसद रघुजी पन्तले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतको जीवनी पाठ्यपुस्तकबाट हटाइएकोमा आपत्ती जनाएका छन् । मंगलबार प्रतिनिधीसभा बैठकमा बोल्दैं एमाले सांसद पन्तले डा. रुइतको जीवन पाठ्यपुस्तकबाट हटाइएकोमा आपत्ती जनाएका हुन् ।

‘डा. सन्दुक रुइतका बारेमा लेखिएको ८ पृष्ठको जीवनी पढाइन्थ्यो । त्यो पाठ्यपुस्तकबाट हटाइयो,’ सांसद पन्तले भने, ‘उहाँका कारण हाम्रो देशको इज्जत बढेको छ । उहाँको जीवन पढाउन आवश्यक भएर नै राखिएको थियो ।’

उनले पाठ्यपुस्तकबाट जीवन हटाउने सरकारको निर्णयबारे शिक्षामन्त्रीबाट जवाफसमेत माग गरेका छन् ।

डा. रुइतको जीवनी कक्षा १० को नेपाली किताबमा समेटिएको थियो । तर, सरकारले चालु शैक्षिक सत्रबाट उक्त जीवन पाठ्यपुस्तकबाट हटाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ