२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका १३ बुँदा

यी हुन नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका १३ बुँदा

विहान ८ बजेदेखि साँझ ८ बजेसम्म बहिरंग सेवा, प्रत्येक प्रदेशमा सुपरस्पेसियालिटी हस्पिटल


काठमाडौं—सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उक्त नीति तथा कार्यक्रममा स्वास्थ्यलाई १३ बुँदामा समेटिएको छ । सरकारले स्वास्थ्य बिमालाई पुनरावलोकन गर्ने, एक चिकित्सक एक स्वास्थ्य संस्था लागु गरेर विहान ८ बजेदेखि साँझ ८ बजेसम्म बहिरंग सेवा अनिवार्य संचालन गर्ने प्रदेशस्तरका मुटु र क्यान्सर रोगको उपचार हुन सक्ने सुपरस्पेसियालिटी हस्पिटल निर्माण गर्नेसम्मका कुराहरु समेटेको छ ।

यस्तै, औषधि व्यवस्था विभागलाई औंषधि तथा स्वास्थ्य प्रविधी विभागमा रुपान्तरण गर्ने, आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधिहरु स्वदेशमै उत्पादन गर्ने, सिंहदरबार वैद्यखाना र जडिबुटी प्रशोधन केन्द्रको पुनसंरचना गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यसैगरी, सबै संघीय अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने, निजामती अस्पताललाई मेडिकल कलेज र थप विशिष्टीकृत अस्पतालका रुपमा विकास गर्दै सबै प्रदेशमा विस्तार गर्ने, गेटा अस्पताल यही वर्ष संचालन गर्ने र गेटा विश्वविद्यालय विधेयक यसै अधिवेशनमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा छ ।

आधारभूत अस्पतालका विशेषज्ञ चिकित्सकसहिततको जनशक्ति, उपकरण उपलब्ध गराउने, आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च शिक्षाका लागि अवसर दिने, दुर्गम क्षेत्रका लागि एयर एम्बुलेसन्को व्यवस्था गर्ने, सातै प्रदेशका संघीय अस्पतालहरुमा बाँझोपन तथा निसन्तान उपचार सेवा विस्तार गरिनेलगातयका विषय नीति तथा कार्यक्रममा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ