काठमाडौं—वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालयको संरक्षक समिति सदस्यमा मनोनित भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विश्वविद्यालयको डा. रुइतलाई संरक्षक समिति सदस्यमा नियुक्त गरेको हो ।
सरकारका निर्णयहरुबारे जानकारी दिदैं सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् ।
मन्त्री शर्माकाअनुसार विश्वविद्यालय संरक्षक समितिका अन्य सदस्यमा प्रा. श्रीराम रामकृष्ण (सिंगापुर), प्राध्यापक संगीता सिंह (काठमाडौं), प्राध्यापक पुष्करमान बज्राचार्य (काठमाडौं), प्राध्यापक सुजान फोर्टिए (क्यानडा), प्राध्यापक नामपेओ शो (अमेरिका), प्राध्यापक सुदर्शनराज तिवारी (काठमाडौं), पदमज्योति (काठमाडौं), लोचन ज्ञवाली (ललितपुर) र भानुप्रसाद आचार्य (भक्तपुर)लाई मनोनित भएका छन् ।