२०८१ माघ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २१ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप २१ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप २१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १० जनामा कोभिड संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९१ हजार ११७ पुगेको छ ।

मन्त्रालयकाअनुसार नेपालमा कोभिड-१९ सक्रिय संक्रमितको संख्या १०० मा झरेको छ । जसमध्ये १ जना भेन्टिलेटर, १ जना आईसीयु र १० जना संस्थागत आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ