न्यूयोर्क—अमेरिकी फुड एण्ड ड्रग्स एडमिनिष्टे«सनले श्वासप्रश्वास सम्बन्धि रेस्पिरेटरी सिन्सिटियल भाइरस (आरएसभी) विरुद्ध खोपलाई स्वीकृत प्रदान गरेको छ । तर, यो खोपले आम मानिसमा लैजानुअघि अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड भिप्रेन्सको अनुमति आवश्यक पर्नेछ ।
अधिकारीहरुकाअनुसार जिएसकेले निर्माण गरेको एरेक्सभी (Arexvy) नामक उक्त भ्याक्सिन सयौं मानिसहरुको जीवन रक्षा लागि एउटा ब्रेक थ्रु हो । अधिकारीहरुकाअनुसार यो महिनाभित्र भ्याक्सिन ६० वर्षभन्दा माथिको व्यक्तिहरुका खोप उपलब्ध हुन सक्छ ।
‘आजको स्वीकृति प्राप्त खोप आमजनताको लागि महत्वपूर्ण र ठूलो उपलब्धि रहेको हो । जसले धेरै ग्रसित गर्ने रोेगहरुलाई रोक्न सक्छ,’ खाद्य तथा लागू औषध प्रशासनमा जीवविज्ञानको मूल्याङकन र अनुसन्धान सेन्टरमा नेतृत्व गरिरहेका डा. पेटर मार्कस भन्छन् ।
सेन्टरका अनुसार अमेरिकामा वर्षेनी १०० देखि ३०० सम्म पाँच वर्षभन्दा मुनिका बालबालिकाहरु श्वासप्रश्वास समस्याका कारणले मर्ने गरेका छन् । श्वासप्रश्वास रोगले वयस्क व्यक्तिहरु ६ हजारदेखि १० हजारसम्म मर्ने गरेको पाइन्छ । साथै ६० हजारदेखि १ लाख २० हजारसम्म अस्पतालमा भर्ना हुने गरेको पाइन्छ ।
यो ब्रोन्काईटिसको गम्भीर कारण हुन सक्छ । यसले फोक्सो सुनिन थाल्छ र श्वासप्रश्वासमा समस्या आउन थाल्छ । यो औषधि बनाउन थालेको ६० वर्षभन्दा धेरै भयो । अहिले यो औषधिले पहिलो पटक अनुमति पाएको हो ।
सो खोपले पार्न सक्ने असर थोरै मात्रामा देखा पर्छन्, जुन दुई दिनमा ठिक हुन्छ । यसको असर भनेको खोप लगाएको भागको वरिपरी दुख्ने र थकान हुने हो ।