२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रोमेडमा निःशुल्क मधुमेह शिविर हुँदैं

प्रोमेडमा निःशुल्क मधुमेह शिविर हुँदैं


काठमाडौं-सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकमा निःशुल्क मधुमेह शिविर हुने भएको छ । २३ बैशाखमा हुने उक्त निःशुल्क स्वास्थ्य मधुमेह शिविरमा कन्सल्ट्यान्ट फिजिसियन डा. परशुराम घिमिरेले सेवा दिनेछन् ।

शिविरमा निःशुल्क स्क्रीनिङ, चेकअप र कन्सल्टेसन हुने प्रोमेडले जनाएको छ । आगामी शनिबार हुने उक्त शिविर विहान ८ बजेदेखि १० बजेसम्म चल्नेछ ।

लायन्स क्लब अफ काठमाडौं किष्टल ल्याबसँगको सहकार्यमा हुने उक्त शिविरमा प्रयोगशाला परीक्षण, इसिजी र एक्स—रेमा पनि २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ