२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमा १५ अर्ब ९९ करोड बढीको स्वास्थ्य सामग्रीमा राजस्व छुटको सिफारिस

स्वास्थ्यमा १५ अर्ब ९९ करोड बढीको स्वास्थ्य सामग्रीमा राजस्व छुटको सिफारिस


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ अर्ब ९९ करोड बढीको स्वास्थ्य उपकरण र सामाग्रीहरुमा राजस्व छुट दिएको पाइएको छ । महालेखापरीक्षकको ६० औं वार्षिक प्रतिवेदनअनुसार गत वर्ष मन्त्रालयले स्वास्थ्य उपकरण तथा सामाग्रीका लागि १५ अर्ब ९९ करोड ५४ लाख बराबरको सामाग्रीमा पैठारीमा राजस्व छुटको सिफारिस गरेको हो ।

स्वास्थ्य उपकरण, कोभिडजन्य आइटम, अक्सिजन जेनेरेटर, भेन्टिलेटर, हेमोडायलाइसिस मेसिन, इकोकार्डियाोग्राफी मेसिन ल्याउँदा राजस्व छुटको सिफारिस मन्त्रालयले गर्ने गरेको छ ।

‘मन्त्रालयले यो वर्ष रु १५ अर्ब ९९ करोड ५४ लाख बराबरको स्वास्थ्य उपकरण, औजार, एम्बुलेन्स (३७६ थान), र शवबाहन (२१ थन) को पैठारीमा राजस्व छुटको सिफारिस गरेको छ,’ प्रतिवेदनमा छ ।

महालेखाले राजस्व छुट दिएर पैठारी भएकाले मेसिन/उपकरण तथा सवारी साधन लक्षित वर्ग/समूहको हितमा प्रयोग भए नभएको तथा राजस्व छुट पाउने नपाउने स्वास्थ्य संस्थाको सेवा शुल्क सम्बन्धमा मन्त्रालयले अनुगमन नगरेको जनाएको छ । साथै, उसले राजस्व छुट प्राप्त गर्ने स्वासथ्य संस्थाको अनुगम गरी स्वास्थ्य संस्थाले तिर्नुपर्ने कर दाखिला गरे नगरेको, सहुलियत पूर्ण मूल्य निर्धारण गर नगरेको विश्लेषण समेत नगरेको जनाएको छ ।

‘राजस्व छुट प्राप्त गर्ने स्वास्थ्य संस्थाको अनुगमन गर्ने र राजस्व छुटमा पैठारी भएका उपकरण तथा स्वास्थ्य सामाग्रीको उपयोग गरी सेवा प्रवाह गर्दा सेवाग्राहीले तिर्ने शुल्कमा समेत सहुलितय हुने व्यवस्था गर्नुपर्दछ,’ महालेखाले भनेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ