एडिनो भाइरसको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । भारतमा पश्चिम बंगालपछि बैंगलोरबाट एउटी दुई वर्षीया बालिकाको एडिनो भाइरसका कारण कलेजो र मृगौलामा क्षति पुगेको खबर आएको जनाइएको छ । यस्तै, श्वासप्रश्वासमा समस्या भएका बालबालिकालाई राज्यका सरकारी तथा निजी अस्पतालको बाल वार्डमा भर्ना गरिँदै आएको छ ।
टाइम्स अफ इन्डियाको रिपोर्टका अनुसार एडिनो भाइरसबाट पीडित बालबालिकामा एउटा कुरा धेरै सामान्य छ, त्यो हो सास फेर्न गाह्रो हुने । यो भाइरसले प्रायः ६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई यसको सिकार बनाउँछ । अहिले यो भाइरसले बालबालिकाको कलेजो र मृगौलामा क्षति पु¥याइरहेको जनाइएको छ ।
एडिनो भाइरस के हो?
क्लिभल्याण्ड क्लिनिकको रिपोर्ट अनुसार एडिनो भाइरस एक प्रकारको भाइरस हो जसले मानव शरीरलाई बिस्तारै बिरामी बनाउँछ र पछि यो संक्रमणले खतरनाक रूप लिन्छ । एडिनो भाइरसबाट पीडित बच्चाहरूलाई सास फेर्न गाह्रो हुन्छ ।
यसको लक्षण
एडिनो भाइरसको लक्षण धेरै सामान्य छन् । जुन अन्य भाइरल संक्रमणको तुलनामा हल्का हुन्छ । एडिनो भाइरस संक्रमित व्यक्तिहरुको परीक्षण गरेपछि मात्रै उनीहरुमा एडिनो भाइरस भएको थाहा पाउन सकिन्छ । यो सामान्यतया जाडोको सुरुमा सुरु हुन्छ । र वसन्तमा यो चरम सीमामा हुन्छ तर यस वर्ष गर्मीमा पनि यसको प्रकोप रोकिने नाम लिइरहेको छैन ।
एडिनो भाइरसबाट कसलाई संक्रमित हुन सक्छ?
एडिनो भाइरस बालबालिका वा जुनसुकै उमेरका व्यक्तिलाई लाग्न सक्छ । तर ५ वर्ष मुनिका बालबालिकामा यो धेरै सामान्य छ । एडिनो भाइरस प्रायः नवजात र साना बच्चाहरूमा पनि फैलिन सक्छ । यो भाइरस एक बच्चाबाट अर्को बच्चामा पनि सर्छ । क्लिभल्याण्ड क्लिनिकको रिपोर्टका अनुसार यो भाइरस बच्चाहरूले मुखमा सामान राख्दा पनि सर्छ । यसको उपचारका लागि कोभिड कालमा प्रयोग गरिने इसिएमओ मेहिनको प्रयोग गरिएको जनाइएको छ ।
मेसिनमा राखेपछि बिरामी बच्चाहरुको स्वास्थ्यमा सकारात्मक परिवर्तन आएको जनाइएको छ । यो मेसिनले संक्रमितमा हुने श्वासप्रश्वास सम्बन्धी समस्यालाई निको पार्ने काम गर्छ ।
एजेन्सीको सहयोगमा