काठमाडौं – सन् २०२५ सम्म नेपाललाई पूर्ण रुपमा औँलो रोगमुक्त बनाउने उद्धेश्यका साथ आज अन्तर्राष्ट्रिय औँलो दिवस मनाइदैँ छ । यसपाली विश्व स्वास्थ्य संगठनको ‘शुन्य औँलो अबको थालनी, नवीनतम कार्य कार्यान्वयनमा लगानी’ भन्ने मूल नाराको साथ विश्व औँलो दिवस मनाउन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आयोजना गरेको एक कार्यक्रममा नेपालले सन् २०२२ सम्म स्थानीय स्तरमा शुन्य औँलोको नीति लिएको जनाएको छ ।
विशेषतः औलोको बिरामीहरुको खोजपड्ताल र उपचारमा केन्द्रित रणनीति ल्याएको छ । यसको पहिचान तथा उपचार सरकारी स्वास्थ्य संस्थामा निःशुल्क रुपमा हुँदै आइरहेको पनि महाशाखाले जनाएको छ । बैशाखको ५ गते सम्म २४ स्थानीय तथा ३४९ आयातीतसमेत गर्दा यस ३७३ जनाको उपचार गरिएको जनाइएको छ ।
त्यस्तै, कार्यक्रममा औँलो रोगको पहिचानमा देखापरेका विभिन्न चूनौतिहरुका बारेमा पनि छलफल गरिएको थियो । यस रोगको जाँच तथा खोजका लागि सक्रिय रुपमा लागि पर्ने तथा स्थानीय तहहरुसँग समन्वय गरेर प्रभावकारी रुपमा कार्यक्रमहरुको आयोजना गर्ने अबको प्राथमिकता रहेको जनाइएको छ ।