मोटोपना हटाउन प्रभावकारी बालासन योग

योगको माध्यमबाट सम्पूर्ण शरीर स्वस्थ रहन्छ । तर यदि तपाई आफ्नो पेट बढेको देखेर चिन्तित हुनुहुन्छ र सबै उपाय गर्न थालेर थकित हुनुहुन्छ भने एक पटक नियमित बालासन योग अभ्यास गर्नुहोस्, अवश्य लाभ हुनेछ र साथै यसका लागि धेरै मिहिनेत पनि गर्नु पर्दैन।
बालासन योग गर्ने विधि
–यस आसनको अभ्यासका लागि पहिले घुँडा टेकेर म्याटमा (वज्रासन) मा बस्नुहोस् र कम्मरलाई सीधा राख्नुहोस्।
–अब गहिरो सास लिएर शरीरको माथिल्लो भागलाई अगाडि तिर झुकाउनुहोस्। दुवै हात पछाडि राख्नुहोस् र टाउकोको अगाडि जमिन छुने प्रयास गर्नुहोस्।
–अब सकेसम्म लामो समयसम्म यस अवस्थामा रहन प्रयास गर्नुहोस्।
–त्यसपछि श्वास छोड्दा शरीरको माथिल्लो भाग उठाउनुहोस् र वज्रासन आसनमा फर्कनुहोस्।
उच्च रक्तचापको समस्या भएकाहरूले यो योगबाट टाढा रहनुपर्छ । यस आसनले शरीरको कठोरता पनि हट्छ। यसका साथै कब्जियत र एसिडिटीको समस्या पनि हट्छ ।
धेरै पढिएका
- १ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’
- २ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण
- ३ उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए
- ४ बिरामीको मृत्युपछि नोबेल अस्पताल तोडफोड, प्रहरी इन्स्पेक्टर घाइते
- ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ इटहरीमा नेपाल स्ट्रोक एशोसिएसनद्वारा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ७ किन बग्छ नाकबाट रगत ? यसबाट हुन सक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ?
तपाईको प्रतिक्रिया दिनुहोस