२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. पुकारचन्द्र श्रेष्ठको कलेजो प्रत्यारोपण लाइसेन्स छानविन गर्दै अख्तियार

डा. पुकारचन्द्र श्रेष्ठको कलेजो प्रत्यारोपण लाइसेन्स छानविन गर्दै अख्तियार


काठमाडौं—कलेजो प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको कलेजो प्रत्यारोपण सम्बन्धि लिइएको फेलोसीपमाथि छानविन सुरु भएको छ । गत माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनको फेलोसीप सर्टिफिकेटमाथि छानविन सुरु भएको हो ।

अख्तियारमा डा. श्रेष्ठसँग कलेजो प्रत्यारोपणका लागि व्यक्तिगत इजाजत पत्र फेलोसीप अथवा ट्रेनिङ नभएको भन्दैं उजुरी परेको थियो । उजुरी परेपछि १६ माघ २०७९ मा बसेको आयोगको बैठकले स्वास्थ्य मन्त्रालयलाई यस विषयमा छानविन गरी आवश्यक कारवाहीका लागि अति गोप्य पत्राचार गरेको हो ।

हेल्थआवाजलाई प्राप्त अख्तियारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखेको अति गोप्य पत्रमा डा. श्रेष्ठको फेलोसीप तालिमबारे छानविन गरी जानकारी दिन भनिएको छ । तर, अहिलेसम्म आयोगलाई मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई विवरण उपलब्ध गराउन पत्राचार गरेको जानकारी मात्रै पठाएको छ ।

‘हामीलाई डा. श्रेष्ठको कलेजो प्रत्यारोपण फेलोसीप वा ट्रेनिङको व्यक्तिगत इजाजत पत्रबारे काउन्सिलसँग विवरण मागेको बोधार्थ आएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘तर, त्यसपछि झण्डै तीन महिना बितिसक्दा पनि थप केही आएको छैन ।’

यस विषयमा मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीलाई सम्पर्क गर्दा उनले स्वास्थ्य मन्त्रालयले कलेजो प्रत्यारोपण तालिम÷फेलोसीपका विषयमा मागेको विवरणहरु काउन्सिलसँग नहुने बताए । ‘कलेजो प्रत्यारोपण सम्बन्धि तालिम÷फेलोसीपका विवरणहरु हामीसँग हुँदैनन्,’ डा. अधिकारीले भने, ‘यो त अंग प्रत्यारोपण समन्वय समितिसँग हुनुपर्ने हो । अंग प्रत्यारोपणको लागि प्रमाणपत्र दिने निकाय पनि त्यही हो ।’

अंग प्रत्यारोपण समन्वय समिति अहिले नेतृत्वबिहीन अवस्थामा छ । समितिका सदस्य सचिव डा. दीपेन्द्ररमण सिंहले मन्त्रालय अथवा अन्य कुनै पनि निकायबाट यस विषयमा आफूहरुलाई कुनै पत्राचार नभएको बताए । ‘अहिलेसम्म यस्तो विषयमा कुनै पनि पत्र आएको छैन,’ स्वास्थ्य सेवा विभागका महानिर्देशकसमेत रहेका डा. सिंहले भने ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका डा. श्रेष्ठ केन्द्रको कलेजो प्रत्यारोपण विभागका प्रमुख पनि हुन् । सो केन्द्रमा हालसम्ममा ६ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ । जसमा चार जनाको सफल कलेजो प्रत्यारोपण भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ