२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठटिप्सशरीरका लागि आवश्यक सल्फर प्राप्त गर्न के खाने ?

शरीरका लागि आवश्यक सल्फर प्राप्त गर्न के खाने ?


हाम्रो शरीरलाई राम्रोसँग काम गर्न नियमित रूपमा धेरै प्रकारका पोषक तत्वहरू चाहिन्छ । सामान्यतया आहारबाट हामीले सबै प्रोटिन र भिटामिन पाउँछौं तर धेरै प्रकारका खनिजहरूको आपूर्तिमा ध्यान दिन सक्दैनौं । यस प्रकारको अवस्थाले लामो समयसम्म शरीरलाई धेरै प्रकारको क्षति पु¥याउन सक्छ । सल्फर पनि एक यस्तो आवश्यक खनिज हो जसको मात्रा र सेवन प्रायः छलफल गरिँदैन ।

सल्फर विभिन्न खाद्य पदार्थमा पाइन्छ र यसको सप्लिमेन्ट पनि पाइन्छ । केही शोधकर्ताहरू विश्वास गर्छन् कि आहारमा सल्फरको मात्रा बढाउने वा सल्फर पूरक (क्याप्सुल वा पाउडर) लिँदा एलर्जी, ओस्टियोआर्थराइटिस र मांसपेशी दुखाइ जस्ता समस्याहरू कम गर्न सकिन्छ । यसबाहेक छालाको विभिन्न समस्या र कपाललाई स्वस्थ राख्न पनि सल्फरको प्रयोग हुने गरेको छ ।

सल्फर किन महत्त्वपूर्ण छ?
सल्फरले शरीरमा महत्त्वपूर्ण भूमिका खेल्छ । यो शरीरमा प्रोटिनको उत्पादनको लागि आवश्यक छ, जसलाई एमिनो एसिड भनिन्छ । सल्फर लामो समयदेखि औषधिमा पनि प्रयोग हुँदै आएको छ ।

प्राकृतिक एन्टी–माइक्रोबियलको रूपमा, सल्फर पनि छाला समस्याहरू जस्तै मुँहासे, डेन्ड्रफ, कपाल सम्बन्धी समस्या र मुसाको उपचार गर्न प्रभावकारी मानिन्छ । सप्लिमेन्टभन्दा पनि पौष्टिक तत्वको आहारमा सेवन गर्नु फाइदाजनक रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् ।
सल्फर बाथको समस्यामा फाइदाजनक हुन्छ ।

मुटुका लागि सल्फर आवश्यक हुन्छ
गठियाको साथसाथै, सल्फरले मुटुको स्वास्थ्य कायम राख्न पनि भूमिका खेल्ने देखाइएको छ । धेरै तरकारीहरू, बन्दाबी प्रजातिहरू सहित, ग्लुकोसिनोलेट भनिने सल्फर युक्त यौगिकहरू हुन्छन् । मुटु रोगको समस्या कम गर्नका लागि यो लाभदायक पाइन्छ । एक अध्ययनले यी प्रकारका तरकारीहरूको खपत हृदय रोग र सम्बन्धित मृत्युको कम जोखिमसँग सम्बन्धित रहेको पत्ता लगाएको छ । मुटु रोगबाट बच्न पनि सल्फर आवश्यक पाइन्छ ।

आहारबाट सल्फर कसरी प्राप्त गर्ने?
सल्फर धेरै खानाबाट प्राप्त गर्न सकिन्छ ।
-तरकारीहरूः लसुन, प्याज, ब्रोकाउली, ब्रसेल्स स्प्राउट्स, काउली, केल र मुला
-मासु र समुद्री खाना यसको राम्रो स्रोत हो ।
-दुग्धजन्य पदार्थ : दूध, दही, चिजमा पनि सल्फर पाइन्छ ।
-बदाम, ओखर, तिल र सूर्यमुखीको बीउमा पनि सल्फर हुन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ