२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलोकप्रिय बन्दैं सामाजिक सुरक्षा कोषको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

लोकप्रिय बन्दैं सामाजिक सुरक्षा कोषको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

एक वर्षमा ३९ करोड २४ लाख ८ हजार संकलन, १७ करोड ५० लाख ३९ हजार स्वास्थ्य उपचार खर्च भुक्तानी


काठमाडौं—तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तामझामका साथ अगाडि बढाएको सामाजिक सुरक्षा कोष लोकप्रिय बन्दैं गएको पाइएको छ । योगदानमा आधारित सुरक्षा योजना कार्यविधी, २०७५ अनुसार कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना पनि अगाडि बढाइरहेको छ ।

जसले कोषमा आवद्ध रहेका योगदानकर्ताहरुलाई उपचार खर्च उपलब्ध गराउँदैं आएको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा उल्लेख भएअनुसार कोषले यस वर्ष औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनातर्फ १७ करोड ५० लाख ३९ हजार रुपैयाँ भुक्तानी गरेको छ । कोषले यो योजनातर्फ यही वर्ष ३९ करोड २४ लाख ८ हजार रुपैयाँ संकलन गरेको थियो ।

कोषमा आवद्ध रोजगारदाता र कर्मचारीले कोषमा सूचीकृत अस्पतालहरुमा उपचार गराउँदा उपचार बापत लागेको रकमको जम्मा २० प्रतिशत मात्र तिर्नुपर्छ । अन्य रकम भने सामाजिक कोषले व्यहोर्दै आएको छ । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनातर्फ संकलन गरेको रकम र भुक्तानी रकम हेर्दा यो योजना पनि लोकप्रिय बन्दैं गएको देखिन्छ ।

कोषले दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धवृद्धा सुरक्षा योजनाजस्ता सामाजिक सुरक्षाका कार्यक्रम अगाडि बढाइरहेको छ । दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ५४ करोड ९३ लाख ७१ हजार रुपैयाँ संकलन गरेकोमा १ करोड ८७ लाख ८६ हजार दावी भुक्तानी गरेको छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत वर्षमा १० करोड ५९ लाख ४७ हजार संकलन भएकोमा ३ करोड २३ लाख १४ हजार दावी भुक्तानी दिएको छ ।

वृद्धवस्था सुरक्षा योजनाअन्तर्गत ११ अर्ब ५७ करोड ४७ लाख २२ हजार संकलन भएकोमा १ अर्ब २७ करोड ५५ लाख ५२ हजार दावी भुक्तानी गरेको महालेखा प्रतिवेदनमा उल्लेख छ । महालेखाले दावी भुक्तानीलाई सरल बनाउन पनि कोषलाई सुझाव दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ