२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिक अस्पतालद्वारा ३० औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवामा छुटको घोषणा

नर्भिक अस्पतालद्वारा ३० औं वार्षिकोत्सवको अवसरमा विभिन्न सेवामा छुटको घोषणा


काठमाडौं—थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो ३० औं वार्षिकोत्सवको अवसर पारेर विभिनन सेवामा दिने छुटहरु सार्वजनिक गरेको छ । बिहीबार अस्पतालले गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको हो ।

नर्भिकको व्यवस्थापनले ३० औं वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि वैशाख ८ गतेसम्म एक साताका लागि ३० प्रतिशत छुट दिने जनाएको छ । यसैगरी, लेजर र हाइड्रा फेसियलमा ३० दिनका लागि ३० प्रतिशत छुट, आईभिएफ (फर्टिलिटी प्याकेज ३० दिनका लागि ३० प्रतिशत छुटको घोषणा अस्पतालले गरेको छ ।

यसैगरी, स्यामोग्राफीमा ३० दिनका लागि ३० प्रतिशत छुट, पत्रकार परिवारका लागि विशेष हेल्थ प्याकेज निकट भविष्यमै ल्याइने पनि पत्रकार सम्मेलनका जानकारी दिइएको थियो । अस्पतालले वैशाख महिनामा ४ वटा स्वास्थ्य शिविर आयोजना गरिने पनि जनाएको छ ।

बिएलसी होल्डिङ्सको छाताअन्तर्गत नेपालमा विश्वस्तरीय चिकित्सा सेवा प्रदान गर्न सन् १८८३ मा बसन्त चौधरी अस्पतालको स्थापना गरेका थिए । अहिले नर्भिक देशकै एक उत्कृष्ट क्रिटिकल केयर अस्पतालको रुपमा स्थापित भएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ