२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचाररास्वपा सांसद ढाकाकुमारले स्वास्थ्यमन्त्री बन्न भन्दैं प्रसाईसँग २ करोड मागेको खुलासा

रास्वपा सांसद ढाकाकुमारले स्वास्थ्यमन्त्री बन्न भन्दैं प्रसाईसँग २ करोड मागेको खुलासा


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्यमन्त्री बन्नका लागि दुई करोड रुपैयाँ मागेको अडियो टेप सार्वजनिक भएको छ । स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछानेलाई साढे दुई करोड बुझाउनुपर्ने भन्दैं मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम मागेको अडियोमा सार्वजनिक भएको हो ।

‘मुलुकजीलाई थाहा छैन, कोर टिममा मुलुकजी हुनुहुन्छ । पार्टीलाई सहयोग गर्ने दुई तीन जना छुट्टै हुनुहुन्छ, सुरुवातीदेखि नै रवि सरलाई सहयोग गर्नेहरु,’ सांसद श्रेष्ठले भनेका छन्, ‘त्यो टिमबाट मलाई कुरा आएको हो । आज फिक्स गर्नुपर्छ । साढे दुई भनेका छन्, दुई दिए मान्छन्, अहिलेलाई एक भए हुन्छ होला ।’

उनले यसमा रवि लामिछाने देखा नपरेको र उनको बाहिरका दुई तीन जनालाई बुझाउनुपर्ने बताएका छन् ।

ढाकाकुमार स्वास्थ्यमन्त्री पैसा बुझाएर बन्ने बताएपछि मेडिकल व्यवसायी प्रसाईले आफूले दुई करोड रुपैयाँको ग्यारेण्टी गरेको र अगाडि बढ्न भनेका छन् । ‘तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरें । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु। त्यसको पिर नगर्नुस्। उनीहरूसँग टाइम लिनुस् ल म दिन्छु भनेर भन्नुस,’ प्रसाईले अडियोमा संवादमा भनेका छन्, ‘सत्य कुरा। तपाईं र म भेट्नुपर्छ। भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन। म जति भिडेको छु नी स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छरु कुरो बुझ्नुभएन ?’ उनले ढाकाप्रसादलाई तोषिमा कार्कीले स्वास्थ्यमन्त्रीका लागि किचलो झिक्छन् वा झिक्दैंन् भनेर प्रष्ट हुन खोजेका छन् ।

‘हैन गर्दैनन्। गर्दैनन्। टिमले गरेपछि सक्यो,’ ढाकाप्रसादले प्रसाईलाई उत्तर दिएका छन्, ‘हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो राख्नुभयो।’

त्यसपछि प्रसाईंले तोषिमाले पैसा निकाल्न नसक्ने र उनी गोविन्द केसीको मान्छे भएकाले कही पनि कुरा नमिल्ने बताएका छन् । ‘गोविन्द केसीको मान्छे भनेको छ नी कहीँ कुरै गर्न मिल्दैन्,’ उनले भनेका छन्, ‘उसँग डराउँछन्।’

त्यसपछि ढाकाप्रसादको थप्छन्, ‘तिनी मन्त्री भइन् भनेपनि काम पनि छैन नि ।’

अडियो सार्वजनिक भएलगतै रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेर छानविन प्रक्रिया अगाडि बढाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ