२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पताल भर्ना भएका राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालद्वारा भेट

अस्पताल भर्ना भएका राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री दाहालद्वारा भेट


काठमाडौं—स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल अस्पताल पुगेका छन् ।

आइतबार विहान राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिन दाहाल त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री दाहालको सचिवालयकाअनुसार दाहालले चिकित्सकहरुबाट पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनको स्वास्थ्य लाभको समेत कामना गरेका थिए ।

छाती तथा पेटको समस्या देखिएपछि शनिबार साँझ राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

उनको पेट फुल्नुका साथै छातीमा पनि समस्या देखिएपछि चिकत्सकहरुको निगरानीमा उपचार थालिएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ