काठमाडौं—नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ घोषणा गरिएको हो ।
शुक्रबार काठमाडौंमा राष्ट्रिय जनगणना—२०७८ को नतिजा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले २०७८ को जनगणनाको तथ्यांक सार्वजनिक गरेका हुन् । घोषित जनगणनाको नतिजाअनुसार (जनगणना सन्दर्भ दिन २०७८ साल मंसिर ९ गते) नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।
जनगणनाको नतिजाअनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेको छ । जुन कुल जनसंख्याको ४८.९८ प्रतिशत हो । यसैगरी, महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । जुन कुल जनसंख्याको ५१.०२ प्रतिशत हो ।
नयाँ जनगणनाअनुसार काठमाडौंको जनसंख्या सबैभन्दा बढी २० लाख ४१ हजार ५ सय ८७ छ । सबैभन्दा कम भने मनाङ जिल्लाको ५ हजार ६ सय ५८ छ ।
२०७८ को जनगणनाअनुसार प्रदेशगत रुपमा सबैभन्दा बढी जनसंख्या बाग्मती प्रदेशमा कुल ६१ लाख १६ हजार ८ सय ६६ जनसंख्या छ । जुन कुल जनसंख्याको जनसंख्याको २०. ९७ प्रतिशत हो । सबैभन्दा कम जनसंख्या भने १६ लाख ८८ हजार ४ सय १२ छ । कर्णालीको जनसंख्या कुल जनसंख्याको ५.७९ प्रतिशत हो ।
यसअघि गत १२ माघमा सार्वजनिक गरिएको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको थियो ।