२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजाजरकोट जिल्ला अस्पतालमा औषधि अभाव

जाजरकोट जिल्ला अस्पतालमा औषधि अभाव


जुम्ला – जिल्ला अस्पताल जाजरकोटमा औषधिको अभाव भएको छ । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट जिल्ला अस्पतालमा एक महिनादेखि अस्पतालमा औषधिको अभाव भएको हो ।

अस्पतालमा औषधि नहुँदा बिरामीहरू समस्यामा परेका छन् । दैनिक पुर्जी लिएर औषधि किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधि नहुँदा बाहिरका पसलमा गएर औषधि खरिद गर्न बाध्य छन् ।

टेन्डर प्रक्रिया पुरा गरी वर्ष भरिलाई पुग्ने औषधि खरिद गर्नुपर्ने प्रक्रिया पुरा नगरेका कारण पनि पटक पटक अस्पतालमा औषधिको अभाव हुने गरेको फार्मेसी विभागको भनाई रहेको छ ।

नेपाल सरकारले तोकेबमोजिम ९८ प्रकारका औषधि सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । हाल जिल्ला अस्पतालमा २०–३० प्रकारका औषधि मात्र छन् ।

बिमा गरेका बिरामीले सबैभन्दा बढी समस्या खेपेका छन् । “उपचारमा केही सहज होला भनेर बिमा गरियो तर अस्पतालमा औषधि पाइएन” मेडिकलमा गएर महँगो औषधि किन्नुपरेको भेरी नगरपालिका (४ की २९ वर्षीया सरस्वती विकले बताए ।

प्रशासनलाई महिना दिन अघि नै औषधि सकिएको जानकारी गराए पनि अहिलेसम्म सुनुवाइ नभएको फार्मेसी विभागका निराजन शाहीले बताए । शाहीले भन्नुभयो सामान्य देखि जटिल रोगका लागि चाहिने ५० प्रकारका औषधि हो तर हाल जिल्ला अस्पतालमा छैनन् ।

अस्पताल प्रमुख नवराज कँडेलले अस्पतालमा औषधि अभाव भएको हो र समयमा माग गरिएको औषधि नआउँदा पनि समस्या भएको र यस विषयमा औषधि आपूर्तिका लागि सम्बन्धित निकायलाई पत्राचार गरिसकिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ