२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमस्तिष्क मृत्यु भएका व्यक्तिबाट एक जनामा कलेजो र दुई जनामा मिर्गौला प्रत्यारोपण

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एक जनामा कलेजो र दुई जनामा मिर्गौला प्रत्यारोपण


काठमाडौं—मस्तिष्क मृत्युपछि गरिएको अंगदानका कारण एक जनामा कलेजो प्रत्यारोपण र दुई जनामा मिर्गौला प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्रमा मंगलबार ६८ एक वर्षीय पुरुषमा कलेजो, ४७ र ३५ वर्षीय दुई पुरुषमा सफल मिर्गौला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन् । भक्तपुरस्थित मध्यपुर अस्पतालमा मतिष्क मृत्यु भएकी एक किशोरीबाट एक जनामा कलेजो र दुई जनामा मिर्गौला प्रत्यारोपण गरिएको हो ।

कलेजो प्रत्यारोपण गरिएका ६८ वर्षीय पुरुष ललितपुरका हुन् । यसैगरी, मिर्गौला प्रत्यारोपण गरिएका ४७ वर्षीय पुरुष रुपन्देहीका र ३५ वर्षीय पुरुष सिरहाका हुन् ।

मष्तिक मृत्यु भएका व्यक्तिबाट सफल कलेजो प्रत्यारोपण गरिएको नेपालमै यो पहिलो हो । यसअघि दुई वटा प्रयास भएपनि ती सफल हुन सकेका थिएनन् ।

एक जना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट ८ वटा अंग प्रत्यारोपण हुन सक्ने डा. श्रेष्ठ बताउँछन् । जसमा दुई जनामा मिर्गौला, दुई जनामा फोक्सो, एक कलेजो, एक मुटु, एक प्यानक्रियाज र एक सानो आन्द्रालगायत प्रत्यारोपण गर्न सकिन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ