२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यओखती सोलुसन पनि ल्याब एक्स्पोमा

ओखती सोलुसन पनि ल्याब एक्स्पोमा


काठमाडौं—नेपाल ल्याब म्यानेजमेन्ट सफ्टवेयरको अग्रणी सेवा प्रदायक ओखती सोलुसनले नेपाल ल्याब एक्स्पोमा भाग लिएको छ । बिहीबार प्रयोगशाला उद्योगका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउने यो एक्स्पो भृकुटीमण्डमा सुरु भएको छ ।

४ मार्चसम्म चल्ने उक्त एक्स्पोमा ओखतीले यसको अत्याधुनिक सफ्टवेयर समाधानहरू प्रदर्शन गर्नेछ । जसले प्रयोगशाला सञ्चालनलाई सुव्यवस्थित पार्दछ र दक्षता बढाउने ओखतीका संस्थापक शरद अधिकारी बताउँछन्।

‘ओखती एक क्लाउडमा आधारित प्रयोगशाला व्यवस्थापन सफ्टवेयर हो जसले प्रयोगशालाहरूलाई तिनीहरूको कार्यप्रवाह व्यवस्थापन गर्न, सामानको मौज्दात विवरण हेर्न र तिनीहरूको आर्थिक व्यवस्थापन हेर्नव्यवस्थापन गर्नका साथै दैनिक रुपमा आर्थिक प्रतिवेदन तथा अन्य तथ्यांक हेर्न सकिन्छ,’ उनले भने, ‘साथै कर्मचारीहरूले परीक्षणका लागि लिइएका नमूनाहरू ट्र्याक गर्न, रिपोर्टहरू बनाउन सक्छन् । यस सफ्टवेयरलाई आफ्नो आवश्यकता अनुसार क्स्टमाइज गर्न सकिन्छ । यसलाई सबै आकार र प्रकारका प्रयोगशालाहरूमा उपयोग गर्न सकिन्छ ।’

नेपाल ल्याब एक्स्पोमा, ओखतीले सहभागीहरूलाई आफ्नो सफ्टवेयरको निःशुल्क चलाउन दिनेछ। ओखती बुथमा आगन्तुकहरूले ओखतीका विशेषज्ञबाट सफ्टवेयर प्रयोग गर्न सिक्न र उनीहरूको प्रयोगशालाहरूमा ओखती प्रयोग गर्दा हुने फाइदाहरू बारे जान्न सक्षम हुने अधिकारीले बताए। साथै, ओखतीले आयोजना गरेको विभिन्न रमाइला गतिविधिमा भाग लिएर सहभागीहरूले सफ्टवेयरको निःशुल्क स्थापना र सफ्टवेयरमा प्रयोग हुने एसएमएस ब्यालेन्स जित्ने मौका दिनेछ ।

‘हामी नेपाल ल्याब एक्सपोमा सहभागी हुन पाउँदा र हाम्रो नवीन प्रयोगशाला व्यवस्थापन सफ्टवेयर प्रदर्शन गर्न पाउँदा उत्साहित छौं,’ ओखतीका मार्केटिङ अधिकृत प्रिन्सु न्यौपानेले भभने, ‘हामी विश्वास गर्छौं कि हाम्रो सफ्टवेयरले सबै प्रकारका प्रयोगशालाहरूलाई उनीहरूको कार्यसञ्चालनलाई सुव्यवस्थित गर्न र उनीहरूको दक्षता बढाउन मद्दत गर्दछ र हामी सहभागीहरूलाई यी फाइदाहरूबारे जानकारी दिन गर्न तत्पर छौं ।’ ओखती सफ्टवेयरमा ल्याब मोड्युल चलाउन सहज र सजिलो हुनेगरी बनाइएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ