२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं

स्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं


काठमाडौं—स्वीटजरल्याण्ड भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री पद गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसससँग भेटघाट गर्दैछन् । बुधबार स्वास्थ्यमन्त्री गिरीले डब्लुएचओका महानिर्देशकलाई भेट्ने कार्यक्रम रहेको मन्त्रीसँग भ्रमणमा रहेका मन्त्रालयका नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्ण पौडेलले जानकारी दिए ।

मन्त्री निकट स्रोतकाअनुसार महानिर्देशक डा. ट्रेडोसलाई भेट्नुको प्रमुख कारण आगामी सेप्टेम्बरमा हुन गइरहेको विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली देशहरुको क्षेत्रीय निर्देशकको निर्वाचन हो । जुन निर्वाचनमा नेपालले विश्व क्षेत्रीय निर्देशकका लागि उम्मेदवारी दिने घोषणा गरिसकेकेको छ ।

क्षेत्रीय निर्देशकका लागि नेपालको तर्फबाट विश्व स्वास्थ्य संगठनको केन्द्रीय कार्यलय कार्यरत नेपाली डा. शम्भु आचार्यलाई नेपालले उम्मेदवार बनाउँदैछ । त्यसको घोषणा यसअघि नै सरकारले गरिसकेको छ ।

क्षेत्रीय निर्देशकका लागि नेपालबाहेक बंगलादेशले पनि आफ्नो दावी पेश गरिसकेको छ । बंगलादेश सरकारले त्यहाँको प्रधानमन्त्रीकी छोरी साइमा वाजेदलाई उम्मेदवार बनाएको छ ।

मन्त्री गिरी पाँचौ विश्व मन्त्रीस्तरीय प्यासेन्ट सेफ्टी समिटमा भाग लिन स्वीटरजरल्याण्ड पुगेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ