करेलाको रस स्वादमा तितो भए पनि यसले स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछ । यसले धेरै रोगसँग लड्ने शक्ति दिन्छ, जानौं यसका फाइदाहरूका बारेमा ।
-करेलाको जुस भिटामिन सी र एन्टिअक्सिडेन्टको उत्कृष्ट स्रोत हो, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढ्छ, संक्रमणको जोखिम पनि कम हुन्छ ।
-करेलामा पाइने भिटामिन ए र बिटा क्यारोटिन आँखाका लागि निकै फाइदाजनक हुन्छ, यसलाई नियमित रूपमा पिउनाले आँखाको ज्योति बढ्छ ।
-करेलाको रसमा भिटामिन सी र एन्टिअक्सिडेन्ट जस्ता पोषक तत्वहरू पाइन्छ, जसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । करेलामा पाइने तितो र अल्कालोइड्सले रगत शुद्ध गर्ने काम गर्छ ।
-करेलाको जुस पिउँदा मधुमेह नियन्त्रणमा रहन्छ । यसको सेवनले शरीरमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ । यसले मधुमेहका लक्षणहरूलाई कम गर्छ, यसले शरीरमा इन्सुलिन सक्रिय बनाउँछ ।
-करेलाको जुस कलेजोका लागि पनि स्वस्थकर हुन्छ, यसले कलेजोको इन्जाइम बढाउनुका साथै कलेजोलाई डिटोक्सिफाई गर्न निकै सहयोगी हुन्छ ।
-करेलाको रस मोटोपना र रगतको पाइल्समा पनि फाइदाजनक हुन्छ, जसले गर्दा पाचन प्रक्रिया ठीक रहन्छ ।
एजेन्सीको सहयोगमा