दोलखा – दोलखाको सदरमुकाम चरिकोटमा सञ्चालित च्छो रोल्पा जनरल अस्पताल १७औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा अस्पताललाई सहयोग गर्ने विभिन्न व्यक्ति, निकायलाई सम्मान गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारीहरू जीवन दुवाल, प्रशासन प्रमुख शर्मिला बुढाथोकी, सुनिता तामाङ, अनिता थापा, रविना चौलागाई, करिश्मा लामा सम्मानित भएका छन् । कार्यक्रममा एम्बुलेन्स चालक नारायण सुवेदी, कार्यालय सहयोगीहरु वीर बहादुर थापा, पम्फा थापा,जितबहादुर दाहाल, पूर्व कर्मचारी डाक्टर सन्तोष कुमार यादवलगायतलाई सम्मान गरिएको छ ।
अस्पताललाई सहयोग गर्ने स्वास्थ्य कार्यालय दोलखा, भीमेश्वर नगरपालिकाको वडा नम्बर ६ को वडा कार्यालय, पशुपति चौलागाईं स्मृति अस्पताल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, नविल बैङ्क चरिकोट, मध्यपुर अस्पताल ठिमी, जिल्ला प्रहरी कार्यालय दोलखा र तारादल गण लगायतका संघ संस्थालाई सम्मान गरिएको अध्यक्ष पृथ्वीबहादुर श्रेष्ठले बताए ।
कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले तीन करोड ४६ लाख ६६ हजार १६२ रुपैँया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भीमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी शेखर पौडयाल,दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, पत्रकार रमेश खतिवडा, दीपशंकर चौलागाई र अस्पतालका प्रशासन प्रमुख शर्मिला बुढाथोकी लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त १ सय शय्याको अस्पतालले गुणस्तर सेवासँगै घर–घरमा सेवा सुरु गरेको छ ।