२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यमार्क इन्टरनेशल किड्नी सेन्टरद्वारा १ देखि १० फागुनसम्म निःशुल्क स्वास्थ्य शिविर

मार्क इन्टरनेशल किड्नी सेन्टरद्वारा १ देखि १० फागुनसम्म निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं—लाजिम्पाटस्थित मार्क इन्टरनेशनल किड्नी सेन्टरले १ देखि १० फागुनसम्म निःशुल्क उच्च रक्तचाप शिविरको आयोजना गरेको छ । अस्पतालका प्रमुख कन्सल्ट्यान्ट तथा मिर्गौला रोग विशेषज्ञ डा. अर्चन शमशेर राणाकाअनुसार शिविर विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुनेछ ।

यो अवधिमा निःशुल्क विशेषज्ञ परामर्श, निःशुल्क औषधी वितरण, रक्तचाप जाँच र ब्लड सुगर जाँच हुनेछ । यसैगरी, पिसाबको जाँच र उचाइ तथा तौल नाप सेवा समेत निःशुल्क दिइने डा. राणाले जानकारी दिए ।

शिविरमा ल्याब परीक्षणमा पनि विशेष छुट दिइएको छ ।

संसारमा हरेक ६ जनामध्ये १ जना महिला र हरेक ४ जना पुरुषमध्ये १ जनामा उच्च रक्तचापको समस्या हुने तथ्यांक छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ