२०८१ कात्तिक १, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलुम्बिनीको स्वास्थ्यमन्त्रीमा विष्णु पन्थी

लुम्बिनीको स्वास्थ्यमन्त्रीमा विष्णु पन्थी


काठमाडौं—लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी विष्णु पन्थीले पाएका छन् । आइतबार मन्त्रिपरिषद्को विस्तार गर्दै मुख्यमन्त्री लिला गिरीले पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री गिरीले एमालेबाट ४, माओवादीबाट ३ र राप्रपा तथा जनमतबाट एकएक जना गरी १० जनाको मन्त्रिमण्डल गठन गरेका छन् ।

एमालेबाट पन्थीले स्वास्थ्य, दुर्गाप्रसाद चौधरीले वन तथा वातावरण र तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्री र चेतनारायण आचार्यलाई खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीबाट जोखबहादुर महरा आर्थिक मामिला, इन्द्रजित थारु भौतिक पूर्वाधार विकास र कृष्णा केसीले आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका छन् ।

जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री र राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई आइतबार नै प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

पन्थी कपिलवस्तु क्षेत्र नं. १ को १ बाट निर्वाचित प्रदेश सांसद हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ