२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रोमेडमा मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने, प्रयोगशाला परीक्षणमा २० प्रतिशत छुट

प्रोमेडमा मुटु सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने, प्रयोगशाला परीक्षणमा २० प्रतिशत छुट


काठमाडौं—सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी सेन्टरमा निःशुल्क मुटु स्वास्थ्य शिविर हुने भएको छ । ८ माघमा विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो ।

शिविरमा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. राजन पौडेलले मुटु सम्बन्धी सम्पूर्ण रोगेको निःशुल्क चेकजाँच गर्ने प्रोमेडले जनाएको छ । त्यसका लागि समयमै नाम दर्ता गराउन पनि उसले आग्रह गरेको छ ।

प्रोमेडले इकोमा ३५ प्रतिशत छुट, ल्याब टेष्टमा २० प्रतिशत छुट दिनुका साथै निःशुल्क इसिजी सुविधा उपलब्ध गराउने जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ