२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य विमा वोर्डका अध्यक्ष डा. सेनेन्द्र उप्रेतीले दिए राजीनामा

स्वास्थ्य विमा वोर्डका अध्यक्ष डा. सेनेन्द्र उप्रेतीले दिए राजीनामा


काठमाडौं—स्वास्थ्य विमा वोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन् । मन्त्रीनिकट स्रोतकाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी समक्ष वोर्डका अध्यक्ष उप्रेतीले राजीनामा दिएका हुन् ।

‘स्वास्थ्य विमा वोर्डका अध्यक्षको राजीनामा आएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘उहाँले आज नै राजीनामा बुझाउनु भएको हो ।’ मन्त्रीको सचिवालयका एक सदस्यले भने डा. उप्रेती मन्त्रीलाई भेट्न आएको तर के विषयमा कुराकानी भएको भन्ने आफूलाई जानकारी नरहेको बताए ।

विमा बोर्ड निकट स्रोतकाअनुसार अध्यक्ष डा. उप्रेतीले स्वास्थ्य विमा वोर्ड र मन्त्रालयप्रति असन्तुष्टि जनाउँदैं आएका थिए । ‘उहाँले स्वास्थ्य विमा सम्बन्धमा सरकारसँग र विमा वोर्डका कार्यकारी अधिकृतसँग असन्तुष्टि राख्दैं आउनुभएको थियो,’ स्रोतले भन्यो, ‘उहाँले विमा प्रभावकारी बनाउने विषयमा सरोकारवाला निकायसँग असन्तुष्टि पोख्दैं आउनुभएको थियो । तर, त्यसमा कुनै सुनुवाई नभएपछि राजीनामा दिनुभएको हो ।’

गत आर्थिक वर्षको बजेट स्वास्थ्य विमालाई गिजोल्ने गरी आएपछि स्वास्थ्य विमा बोर्ड थप समस्यामा परेको थियो । बजेटमा आएको उक्त व्यवस्थाप्रति पनि डा. उप्रेतीले असन्तुष्टि राख्दैं आएका थिए । यस विषयमा डा. उप्रेतीसँग जिज्ञाशा राख्दा उनी सम्पर्कमा आउन चाहेनन् ।

१९ भदौं २०७७ मा तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको सिफारिसमा मन्त्रिपरिषद्ले डा. उप्रेतीलाई स्वास्थ्य विमा वोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ