२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारटर्कीमा शक्तिशाली भूकम्पमा ९१२ जनाको मृत्यु, मृतकको संख्या १२०० पुग्ने अनुमान

टर्कीमा शक्तिशाली भूकम्पमा ९१२ जनाको मृत्यु, मृतकको संख्या १२०० पुग्ने अनुमान


टर्की—टर्कीमा गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भुकम्पका कारण ठूलो धनजनको क्षति भएको छ । टर्कीका राष्ट्रपति रेचन अर्देआनकाअनुसार ९१२ जनाको मृत्यु भएको छ ।

अधिकारीहरुकाअनुसार मृतकको संख्या १२ सय नाघ्ने अनुमान गरिएको छ । भुकम्पका कारण ५ हजार ५ सय बढी मानिसहरु घाइते भएका छन् ।

राष्ट्रपतिकाअनुसार राहत र उद्धारको कार्य अहिले पनि जारी रहेको छ । उनले हातहातीको संख्या अझै एकिन गर्न नसकिने बताए ।
टर्कीका सोमबार दुई शक्तिशाली भुकम्पका गएका थिए भने अपरान्ह पनि पुनः शक्तिशाली झट्का महसुुस गरिएको छ ।

टर्की सरकारले शक्तिशाली भूकम्पका कारण ठूलो धनजनको क्षति भएपछि संकटकाल घोषणा गरेको छ । भुकम्प प्रभावित इलाकामा भवनहरुमा ठूलो क्षति पुगेको छ ।

टर्कीसँगै सिरियालाई पनि प्रभावित पारेको भूकम्पमा १०० बढी सिरियालीले पनि ज्यान गुमाएको समाचारहरुमा जनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ