२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविश्व क्यान्सर दिवसको अवसर पारेर नेपाल क्यान्सर हस्पिटलद्वारा दीप प्रज्वलन

विश्व क्यान्सर दिवसको अवसर पारेर नेपाल क्यान्सर हस्पिटलद्वारा दीप प्रज्वलन


काठमाडौं—नेपाल क्यान्सर हस्पिटलले क्यान्सर दिवसको अवसरमा आशाको लागि ज्योति भन्दैं दीप प्रज्वलन गरेको छ । शुक्रबार साँझ ललितपुर महानगरपालिका प्राणंगणमा दिप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दैं क्यान्सर सर्भाइभर सुष्मा महर्जनले क्यान्सर हुँदैंमा डराउनु नपर्ने बताइन् । ‘क्यान्सर हुँदैमा डराउनु पर्दैन्,’ उनले भनिन्, ‘समयमै पत्ता लागेर उपचार गरेमा निको हुन्छ । म क्यान्सर ठीक हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण हुँ ।’
वेष्ट क्यान्सरमुक्त भएकी उनी अहिले पाठेघरको क्यान्सरको उपचार गराइरहेकी छन् ।

यस्तै, अर्की क्यान्सर सर्भाइभर कोमल शाक्यले सुरुमा आफूलाई क्यान्सर भन्दा निकै डर लागेको अनुभव सुनाइन् । ‘सुरुमा क्यान्सरभन्दा डर लागेको थियो । बेलैमा पत्ता लागेकाले निको भयो,’ शाक्यले भनिन्, ‘अहिले सामान्य जीवन बिताइरहेकी छु । समयमा उपचार गर्दा ठीक हुन्छ ।’

नेपाल क्यान्सर सहयोग समूहका गणेशभक्त श्रेष्ठले विश्वमा क्यान्सर भयावह रुपमा फैलिरहेकाले जनचेतना अत्यावश्वक भएको बताए । ‘मेरो व्यक्तिगत विचारमा मानिस प्रकृतिबाट टाढा हुँदा यस्ता रोगहरु लाग्दा रहेछन्,’ उनले भने, ‘क्यान्सर सुरुवातमै थाहा हुँदा निको हुने सम्भावना ८०—८५ प्रतिशत हुन्छ । तर, पछि थाहा हुँदा ३० प्रतिशत मात्रै निको हुने सम्भावना रहन्छ ।’ त्यसका लागि उनले वार्षिक रुपमा स्वास्थ्य परीक्षण गर्न आग्रह गरे ।

नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. सुदिप श्रेष्ठले क्यान्सर विकसित देशमा पनि रहेको र नेपालजस्ता देशहरुमा त भयावह अवस्थामा रहेको बताए । ‘त्यसकारण हाम्रो जस्ता देशहरुमा प्रिभेन्टीभ केयर अत्यावश्यक भइसकेको छ । हामीले यसविरुद्ध जनचेतनाका कामहरु बढाउनुपर्छ,’ डा. श्रेष्ठले भने । डा. श्रेष्ठले क्यान्सर रोग लागेका धनी गरिब सबैले एकै प्रकारको उपचार पाउनुपर्नेमा समेत जोड दिए । उनले त्यसका लागि हामी सबै मिलेर केही न केही गर्नुपर्ने बताए ।

उक्त दीप प्रज्वलन कार्यक्रमको आयोजना नेपाल क्यान्सर हस्पिटलसँगै नेपाल क्यान्सर सपोर्ट ग्रुप रहेको थियो ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ