२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा.डा संजीव शर्मा नियुक्त

विपी प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा.डा संजीव शर्मा नियुक्त


काठमाडौं -धरानस्थित विपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्रा.डा संजीव शर्मा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै डा. शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।

उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा छन् । डा. गिरी निलम्बनमा परेपछि विपीको उपकुलपति पद खाली हुन पुगेको थियो ।

निमित्त उपकुलपति नियुक्त भएका डा. शर्मा यसअघि प्रतिष्ठानको रेक्टरको रूपमा कार्यरत थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ