२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसमाजको डरले रोग लुकाएका कारण फैलिरहेको छ कुष्ठरोग : स्वास्थ्य मन्त्री गिरी

समाजको डरले रोग लुकाएका कारण फैलिरहेको छ कुष्ठरोग : स्वास्थ्य मन्त्री गिरी


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले कुष्ठरोग लागेका मानिसहरूले लुकाउँदा यो फैलिरहेको बताएका छन् । ७० औँ विश्व कुष्ठरोगको अवसरमा राष्ट्रिय कुष्ठरोग रणनीति सार्वजनिकरण कार्यक्रममा बोल्दै उनले अहिले विशेष गरी तराई र सुदूरपश्चिमका क्षेत्रमा यो रोग लुकाएर बस्ने गरिएको कारण फैलिएर गएको बताए ।

उनले भने, ‘कुष्ठ रोगका विषयमा हाम्रो जुन सामाजिक सांस्कृतिक बुझाइहरू छन् । विगतमा निकै कहालीलाग्दो अवस्था थियो । अहिले त्यसमा त धेरै सहज अवस्थामा आइसकेका छौँ । तर आजका दिनमा पनि कुष्ठ रोग निको भइसकेपछि पनि समाजमा पुनर्स्थापित हुने कुरा निकै जटिल छ । मानिसहरूको भ्रमपूर्ण बुझाइमा परिवर्तन ल्याउन गाह्रो छ, त्यो मनोविज्ञान निकै गहिरो गरी गाडिएको छ ।’

उनले व्यवहारमा परिवर्तन ल्याउने कुरा अझै पनि चुनौतीपूर्ण रहेको बताउँदै यो विषयमा नेपाल सरकार र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गरेका पहलका लागि धन्यवाद पनि दिए ।

उनले यो समस्याको हलका लागि सञ्चारमाध्यम, राजनीतिक संघ–संगठन, सामाजिक संस्था, जनप्रतिनिधिहरूले राम्रो भूमिका निर्वाह गरे मात्र रोग लागेको मानिस आउने, परीक्षण गर्ने उपचारमा जोडिने अवस्था बन्ने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ