२०८१ माघ ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१००० मिर्गौला प्रत्यारोपण गरेको प्रधानमन्त्रीलाई सुनाउन, अस्पतालका सबै ओपिडी सेवा बन्द

१००० मिर्गौला प्रत्यारोपण गरेको प्रधानमन्त्रीलाई सुनाउन, अस्पतालका सबै ओपिडी सेवा बन्द


काठमाडौँ–धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्षमा १ हजार जनाको मिर्गौला प्रत्यारोपण गरेको खुसीयालीमा शुक्रवार भव्य कार्यक्रम गर्‍यो ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड थिए भने अतिथिहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरी, बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे र दुवै स्वास्थ्य सचिव थिए ।

काठमाडौँको कमलादीमा रहेको प्रज्ञा भवनमा १ हजार मिर्गौला प्रत्यारोपण गरेको खुसीयाली केन्द्रका निर्देशक डा पुकार श्रेष्ठले प्रधानमन्त्री सहित राज्य सञ्चालकहरूलाई सुनाउँदै गर्दा उता अस्पतालमा भने काठमाडौँ बाहिरबाट उपचारका लागि मिर्गौला पीडित बिरामी भने चिकित्सकलाई नभेटी धमाधम फर्किरहेका थिए ।

केन्द्रले १ हजार मिर्गौला प्रत्यारोपणको सार्वजनिकिकरण कार्यक्रम यस अघि नै सञ्चारमाध्यमबाट सार्वजनिक गरिसकेको थियो । तर नयाँ प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई सुनाउन आयोजना गरिएको सो कार्यक्रमका लागि भने केन्द्रले सम्पूर्ण ओपिडी सेवा बन्द भएको सार्वजनिक सूचना एक दिन अघि मात्र फेसबुक पेज मार्फत जानकारी दिएको थियो ।

गत वर्ष त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान(आइओएम)को वार्षिक उत्सवमा आइओएमले त्रिवि शिक्षण अस्पतालको ओपिडी सेवा बन्द हुने सूचना सार्वजनिक हुँदा आलोचना भएपछि सो निर्णय नै परिवर्तन भएको थियो ।

तर मानव अङ्ग प्रत्यारोपण केन्द्रले भने गुपचुप रूपमा नै ओपिडीका सबै सेवा बन्द गरेर सबै कर्मचारी र नर्स, चिकित्सक र पारामेडिक्सलाई प्रधानमन्त्रीको स्वागतमा खटायो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ