२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपन्न, गरिब तथा सम्पूर्ण नागरिकहरूसम्म सुलभ स्वास्थ्य सेवा पुग्नुपर्छ : स्वास्थ्यमन्त्री गिरी

विपन्न, गरिब तथा सम्पूर्ण नागरिकहरूसम्म सुलभ स्वास्थ्य सेवा पुग्नुपर्छ : स्वास्थ्यमन्त्री गिरी


काठमाडौं – नवनियुक्त स्वास्थ्य मन्त्री पदम गिरीले सुलभ स्वास्थ्य सेवा सबै विपन्न, गरिब नागरिकहरूसम्म पुग्नु पर्ने बताए । वीर अस्पतालमा क्याथ ल्याब उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुलभ स्वास्थ्य सेवा सबै जनताको पहुँचसम्म पु¥याउन मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘विपन्न, गरिब नागरिकहरूसम्म स्वास्थ्य सेवा पुग्नुपर्छ । त्यसको लागि हाम्रो दायित्व छ । हामीले मिलेर काम गर्नुपर्छ । संरचनात्मक सुधारहरू गर्नुपर्ने कुराहरू छ । त्यो हामी गर्छौँ । सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन जरुरी छ ।’

त्यस्तै,स्वास्थ्य राज्यमन्त्री डा. कार्कीले अस्पताललाई आवश्यक सहयोग गर्ने बताउँदै उनले भनिन् ‘अस्पताललाई आवश्यक सहयोग गर्नेछौँ । साथै दरबन्दीको लागि पनि तुरुन्तै काम गर्नेछौँ । उच्च मनोबलको साथ काम गर्नुहोला । हामी तपाई सँगै छौँ ।’

वीर अस्पतालमा आइतबारदेखि पूर्णरुपमा प्रयोगमा ल्याइने क्याथ ल्याबको उद्घाटन बिहिबार स्वास्थ्य मन्त्री पदम गिरी तथा स्वास्थ्य राज्यमन्त्री तोषिमा कार्कीले संयुक्त रुपमा गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ