२०८१ माघ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमाओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या


काठमाडौं—माओवादी केन्द्रका युवा नेता वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । शनिबार गृह जिल्लाको कार्यक्रममा व्यस्त रहेका बेला स्वास्थ्यमा समस्या देखिएपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव पुनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

काठमाडौं ल्याएर उनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । यसअघि पुन तीन साता चीनमा उपचार गरेर स्वदेश फर्किएका थिए ।

वंशाणुगत जण्डिसको समस्या रहेका उनको स्वास्थ्यमा पटक—पटक समस्या देखिने गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ