२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठयोगपेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ?

पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ?


योगको माध्यमबाट सम्पूर्ण शरीर स्वस्थ रहन्छ । तर यदि तपाई आफ्नो पेट बढेको देखेर चिन्तित हुनुहुन्छ र सबै उपाय गर्न थालेर थकित हुनुहुन्छ भने एक पटक नियमित बालासन योग अभ्यास गर्नुहोस्, अवश्य लाभ हुनेछ र साथै यसका लागि धेरै मिहिनेत पनि गर्नु पर्दैन।

बालासन योग गर्ने विधि 

–यस आसनको अभ्यासका लागि पहिले घुँडा टेकेर म्याटमा (वज्रासन) मा बस्नुहोस् र कम्मरलाई सीधा राख्नुहोस्।
–अब गहिरो सास लिएर शरीरको माथिल्लो भागलाई अगाडि तिर झुकाउनुहोस्। दुवै हात पछाडि राख्नुहोस् र टाउकोको अगाडि जमिन छुने प्रयास गर्नुहोस्।
–अब सकेसम्म लामो समयसम्म यस अवस्थामा रहन प्रयास गर्नुहोस्।
–त्यसपछि श्वास छोड्दा शरीरको माथिल्लो भाग उठाउनुहोस् र वज्रासन आसनमा फर्कनुहोस्।

उच्च रक्तचापको समस्या भएकाहरूले यो योगबाट टाढा रहनुपर्छ । यस आसनले शरीरको कठोरता पनि हट्छ। यसका साथै कब्जियत र एसिडिटीको समस्या पनि हट्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : योग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ