काठमाडौं—नेकपा एमालेको नेतृत्वमा नयाँ गठबन्धनसहित सत्ता समीकरण बनेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका छन् । नवनियुक्त प्रधानमन्त्री दाहालले सोमबार ४ बजे राष्ट्रपति कार्यलय शितलनिवासमा पद तथा गोपनीयताको सपथ लिनेछन् ।
नयाँ बनेको सत्ता गठबन्धनका दलहरुको बैठक बस्दैछ । विहान ११ बजे बस्ने तय भएको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीको सहभागी हुनेछन् ।
जसले मनत्रालयको भागवण्डालगायत सबै पावर सेयरिङका विषयमा प्याकेजमा सहमति जुटाउने बताइएको छ । यसअघि प्रधानमन्त्री माओवादी केन्द्र र एमालेले आलोपालो गर्ने, राष्ट्रपति एमालेले लिने र सभामुख पनि आलोपालो गर्ने मोटामोटी सहमति भएको बताइएको छ ।
बाँकी सबै विषयमा आज बस्ने गठबन्धन दलहरुको बैठकले टुंगो लगाउनेछ । मन्त्रालयको बाँडफाँड पनि सम्भवतः आजै टुंगिने छ ।