२०८१ चैत्र ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीको शिक्षाध्यक्षमा डा. शर्मा नियुक्त, सिनेट सदस्यमा डा. झा र डा. भट्टराई मनोनित

विपीको शिक्षाध्यक्षमा डा. शर्मा नियुक्त, सिनेट सदस्यमा डा. झा र डा. भट्टराई मनोनित


काठमाडाैं-विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त शिक्षाध्यक्षमा प्रा. डा. सञ्जीव शर्मा नियुक्त भएका छन् । बुधबार प्रतिष्ठानका उपकुलपतिको सिफारिसमा सहकुलपतिको हैसियतमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रा.डा. शर्मालाई शिक्षाध्यक्षमा नियुक्ति गरेका हुन् ।

मन्त्रीका सचिवालय सदस्य मनो लिम्बुका अनुसार मन्त्री खापुङले  सो निर्णय गरेका हुन् । शिक्षाध्यक्षसँगै सिनेट सदस्यमा प्रा.डा. निलाम्बर झा र डा.नारायणप्रसाद भट्टराईलाई मनोनित गरेका छन् ।

नवनियुक्त शिक्षाध्यक्ष प्रा.डा. शर्मा विपीमा कार्डियो फिजिसियन हुन् । उनले नेफ्रोलोजीमा फेलोसीप गर्नुका साथै सर्पदंश सम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गरेका छन् ।

सिनेट सदस्यमा मनोनित भएका प्रा.डा. झा पब्लिक हेल्थका प्रोफेसर हुन् भने डा. भट्टराई माइक्रोबायोलोजी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ