काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)को निर्वाचनमा अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । निर्वाचन समितिले उम्मेदवारहरुको प्रथम नामावली प्रकाशित गरेसँगै तीन जना अध्यक्षका उम्मेदवारहरुबीच नयाँ कार्यकालको नेतृत्वका लागि भिडन्त हुने देखिएको छ ।
जसमा प्रगतिशील प्यानलबाट डा. सन्तोष पौडेल र लोकतान्त्रिक प्यानलबाट डा. अनिलविक्रम कार्की प्रतिस्पर्धा गर्नेछन् । उनीहरु दुवैलाई स्वतन्त्र उम्मेदवार डा. शिवजी विक्रम सिलवालले टक्कर दिनेछन् ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष एक पदका लागि एकजनाको मात्रै उम्मेदवारी परेकाले डा. बद्री रिजाल निर्विरोध भएका छन् ।
प्रदेशतर्फका उपाध्यक्षहरुको १ पदका लागि प्रदेश नं. १ मा डा. यज्ञराज खरेल, डा. विपेश आचार्य, मधेश प्रदेशमा डा. महेश महासेठ, डा. निरजकुमार सिंह र डा. अजयकुमार मिश्र, बागमती प्रदेशमा डा. संजयकुमार ठाकुर र डा. प्रकाश बुढाथोकीबीच प्रतिस्पर्धा हुँदैछ ।
गण्डकी प्रदेशमा चर्चित युवा चिकित्सक डा. विकास गौचनलाई प्रदेशतर्फको उपाध्यक्षमा डा. राजन शर्माले चुनौती दिदैंछन् । कर्णाली र लुम्बिनी प्रदेश उपाध्यक्षका लागि भने क्रमसः डा. नन्दकुमारी गुरुङ र डा. केशरबहादुर ढकालको एकल उम्मेदवारी परेकाले उनीहरु दुवैजना निर्विरोध भएका छन् । यस्तै, सुदूरपश्चिम प्रदेको उपाध्यक्षका लागि डा. निरज अर्याल, डा. प्रशान्त भट्ट र डा. प्रवीणकुमार गिरीको उम्मेदवारी परेको छ ।
एनएमएको अर्को शक्तिशाली पद मानिने महासचिवका लागि भने डा. रक्षा श्रेष्ठ, डा. सन्जीव तिवारी र डा. अमृत भुसालबीच त्रिपक्षीय प्रतिस्पर्धा हुनेछ ।
कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्ष भने निर्वारोध हुने भएका छन् । कोषाध्यक्षमा डा. प्रमोद जोशी, सह-सचिवमा डा. लेइसन महर्जन र सह-कोषाध्यक्षमा डा. विक्रान्त ढकालको एकल उम्मेदवारी परेको छ ।
संघको ६ सदस्य पदमा भने १५ जनाले उम्मेदवारी दिएका छन् । जसमा डा. स्मृति महत, डा. पदम नेपाली दर्जी, डा. अभियान गौतम, डा. कुम्भराज जोशी, डा. सुरेन्द्र यादव, डा. रमेश श्रेष्ठ, डा. किशोर खत्री, डा. मनोहर दिन सैयद, डा. सिर्जना विष्ट, डा. अमित रन्जन मिश्र, डा. तेज्सु सिंह मल्ल, डा. योभिन कुमार यादव, डा. रामकृष्ण आचार्य, डा. चेतन बस्नेत र डा. मोहम्मद अनमुव वाकी रहेका छन् ।