स्वास्थ्यको हेरचाह गर्न पोषणयुक्त खानपानको पनि अत्यन्तै महत्त्व रहेको हुन्छ । दिनहुँ खाइने खानामा तरकारी, फलफूल तथा विभिन्न प्रकारका ड्राइफ्रुट समावेश गरिनु आवश्यक हुन्छ ।
खानपानका केही प्रकारहरूमा औषधिय गुणहरू पनि हुने गर्दछन् । त्यस्तै तरकारीको दैनिक सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्ति पनि बढ्ने स्वास्थ्य विशेषज्ञहरू जनाउँदछन् ।
त्यस्तै पोषणयुक्त तरकारीमा केरला पनि एकमा पर्दछ । तौल घटाउने, कोलेस्ट्रोल घटाउनेदेखि मुटुको स्वास्थ्यका लागि पनि राम्रो मानिने करेलाको यी बाहेक पनि अन्य विभिन्न फाइदा छन् ।
तर यदि यसलाई सही तरिकाले सेवन गरिएन भने यो स्वास्थ्यका लागि हानिकारक पनि हुन सक्छ । करेलासँगै प्रयोग गरिने केही चिजमा भने ध्यान पुर्याउन जरुरी मानिएको छ किनकि ती खाद्य सामग्रीसँग करेला उपभोग गरियो भने त्यसले विषको जस्तो रूप पनि लिन सक्छन् ।
के हुन त ती खानेकुरा ?
१. दूध
करेला स्वास्थ्यको लागि फाइदाजनक छ र दूध पनि त्यसैअन्तर्गत पर्दछ तर यदि यी दुई लाई एकसाथ सेवन गर्यो भने यसले फाइदा कम हानी ज्यादा गर्दछ । करेला खाएपछि कहिले पनि दूधको सेवन गर्नुहुँदैन । यसको सेवनले पेटसम्बन्धी समस्या हुन्छ र कब्जियत हुने, पेट दुख्ने र पेट पोल्नेजस्ता अवस्था सिर्जना हुन सक्छन् ।
२. मुला
मुला र करेलाले शरीरलाई गर्ने प्रभाव भिन्न भिन्न हुन्छन् । त्यसैले पनि करेला खाएपछि मुला यो मुलाबाट बनेका कुनै पनि खानेकुराको सेवन गर्नुहुँदैन । यी दुई लाई सँगै सेवन गर्दा ग्यास्ट्रिक तथा घाँटीमा कफ बढ्न सक्छ ।
३. दही
करेलाको तरकारी तथा जुस सेवन गरेपछि दही उपभोग गर्नुहुँदैन । यी दुईलाई एकै पटक सेवन गर्दा छालासम्बन्धी समस्याहरू देखिन सक्छन् । त्यस्तै छालामा विभिन्न प्रकारका दाग, एलर्जीसमेत हुनसक्छ ।
४. भिण्डी
भिण्डी र करेला पनि एकैसाथ कहिले उपभोग गरिनु हुँदैन । यी दुई को सेवन एकसाथ गरिएको खण्डमा अपच सम्बन्धी समस्याहरू देखिन सक्छन् । करेलासँग भिण्डी पचाउन गाह्रो हुन सक्छ ।
५. आँप
आँप र करेला पनि कहिल्यै एकसाथ सेवन गरिनु हुन्न किनकि यी दुबैको एकसाथ सेवन गर्दा शरीरमा समस्या देखिन सक्छ । करेला र आँप दुवै पच्न समय लाग्ने खानेकुरा हुन् । यदि यी दुवै सँगै उपभोग गरियो भने ग्यास्ट्रिक, पेट पोल्ने तथा उल्टी हुनेजस्ता समस्या देखा पर्न सक्छन् ।
अमरउजालाबाट भावानुवाद