२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसामाजिक सुरक्षा कोषमा आवद्धहरुको उपचार शंकरापुर अस्पतालमा सुरू

सामाजिक सुरक्षा कोषमा आवद्धहरुको उपचार शंकरापुर अस्पतालमा सुरू


काठमाडौं–जोरपाटीमा रहेको शंकरापुर अस्पतालले सामाजिक सुरुक्षा कोषमा आवद्ध भएका रोजगारदाता र कर्मचारीको उपचार सुरु गरेको छ । अस्पतालले सामाजिक सुरक्षा कोषसँग सम्झौता गरी सो कोषमा आवद्धको भएका नागरिकहरुको स्वास्थ्य उपचार सुरु गरेको हो ।

सो कोषमा आवद्ध रोजगारदाता र कर्मचारीले शंकरापुरमा उपचार गराउँदा उपचार बापत लागेको रकमको जम्मा २० प्रतिशत मात्र तिर्नुपर्ने हुन्छ ।

अस्पतालका निर्देशक डा. रमेश ढकालले सामाजिक सुरक्षा कोषले उपलब्ध गराउने स्वास्थ्य सेवा अस्पतालबाट लिँदा २० प्रतिशत मात्र तिरे पुग्ने बताए । ‘सुरक्षा कोषमा आवद्ध कोही पनि उपचार गराउन आउँदा लागेको खर्च २० प्रतिशत मात्र बुझाए पुग्छ,’ उनले भने, ‘उपचार गर्न आउँदा सामाजिक सुरक्षा कोषमा आवद्ध भएको प्रभाणपत्र भने अनिवार्य चाहिन्छ ।’


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ