एक प्रविधिले पहिलो पटकको प्रयोगले एक किशोरीको निको नहुने किसिमको क्यान्सर उनको शरीरबाट समाप्त भएको छ ।
अलिशा नाम गरेकी उक्त किशोरीलाई ल्युकेमिया भएको थियो । उनको उपचारका लागि गरिएका हरेक प्रयासहरू विफल भइरहेका थिए ।
त्यसैले ग्रेट अर्मोन्ड स्ट्रिट अस्पतालका चिकित्सकहरूले बायोलोजिकल इन्जिनियरिङमार्फत नयाँ औषधिको सृजना गरे । ६ महिनापछि उनको शरीरमा उक्त क्यान्सर देखिएको छैन तर क्यान्सर पुनः फर्कन्छ कि भन्ने सोचे उनलाई हाल पनि मोनीटर गरिइरहेको छ ।
गत वर्षको मेमा १३ वर्षकी उनलाई टि सेल अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया लागेको पत्ता लागेको थियो । टि-सेलहरु शरीरको प्रतिरक्षाका लागि अत्यावश्यक मानिन्छन् तर अलिशााको शरीरमा यसले क्यान्सरका कारण खतरनाक रुप लिइरहेको थियो ।
उनलाई केमोथेरापी दिँदै उनको बोनम्यारो ट्रान्सप्लान्टसमेत गरियो तर जिद्धी क्यान्सर उनको शरीरबाट हटिरहेको थिएन । ती सबै उपचार गर्दा पनि केहि नलागेपछि डाक्टरहरुसँग अन्तिम विकल्प भनेको उनलाई जतिसक्दो सहज महशुस गराउनु थियो ।
छोरीको मृत्यु हुने डरले गत वर्षको क्रिसमस अन्तिम होला सोचेर हामीले हरसम्भव उनलाई खुशी पार्न खोजिरहेका थियौँ अलिशाकी आमा कियोना भन्छिन् । अलिशाले आफुले केमो र अन्य उपचारका कारण कपाल गुमाउने भएपछि आफ्नो कपाल पनि काटेर दिएकी थिईन् ।
अस्पतालको उक्त टिमले ६ वर्षअघि बनेको टेक्नोलोजी ‘बेस इडिटिङ’ को प्रयोग गरेको थियो । उक्त प्रविधिको प्रयोग गर्दै चिकित्सकहरूले अलिशाको शरीरको टि-सेललाई निष्क्रिय पार्ने गरी नयाँ प्रकारको टि सेल्सहरु शरीरमा प्रत्यारोपण गरिदिए । सोचेअनुरुप उक्त प्रविधिले अलिशाको शरीरको टि-सेललाई नष्ट गर्दै क्यान्सर पनि मेटाइदियो ।
हाल उनको स्वास्थ्य अवस्था राम्रो छ र उनका परीवार अब क्यान्सर पुनः नआओस् भन्दै बसेका छन् । त्यस्तै उक्त चिकित्सकको समूहप्रति आभारी रहेका छन् ।
बेस इडिटिङले काम गर्ने तरिका
स्रोत : बिबिसी