२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठअन्यआईभिएफबाट निःसन्तान दम्पत्तिले पाए तिम्ल्याहा

आईभिएफबाट निःसन्तान दम्पत्तिले पाए तिम्ल्याहा


काठमाडौं—विवाहको लामो समयसम्म पनि सन्तान नभएपछि सर्लाहीको बलरा गाविसका ४५ वर्षीय विनोदकुमार झाको दैनिकी तनावमय थियो । उनी श्रीमती ३८ वर्षीया रेखादेवी झालाई लिएर सन्तान प्राप्तिको उद्देश्यले झारफुकदेखि उपचारका लागि धेरै ठाउँ भौतारिए ।भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पत्तीले सन्तान पाउन सकेनन् ।

झा दम्पत्तीलाई त्यसपछि नर्भिकको आईभिएफ सेन्टरमा टेष्टट्यूव बेबी प्रविधिबाट सन्तान प्राप्तिका आए । उनीहरुले गरेको प्रयास पहिलो पटकमै सफल भयो । केही दिनअघि नर्भिक आइभिएफ सेन्टरमा टेस्टट्यूव बेबी प्रविधिबाट रेखादेवीले ३ सन्तानलाई जन्म दिएकी छिन् ।
‘मेरो जीवन र परिवारमा उज्यालो छाएको छ । हामी औधी खुशी छौं ।’ एकैपटक तिम्ल्याहा सन्तान प्राप्तिका कारण पुलकित बनेका विनोदले भने, ‘सन्तान विहीनताको लामो रिक्तता अन्त्य भएको छ । अब मेरो परिवार पूर्ण भएको छ ।’

रेखा भने शल्यक्रियामार्फत जन्मिएलगत्तै एनआईसीयूमा राखिएका आफ्ना तिम्ल्याहा बच्चाहरुको प्रतीक्षामा छिन् । ‘डा.साबले बच्चाहरुको अवस्था राम्रो हुँदैछ, चाँडै दिने भन्नुभएको छ,’ उनले भनिन्, ‘बच्चाहरु पाएको दिन म झनै खुशी हुनेछु ।’ वरिष्ठ बालरोग विशेषज्ञ डा. गणेश साह नेतृत्वको टिम तिम्ल्याहा बच्चाहरुको उपचारमा संलग्न छ ।

विनोद र रेखा

झा दम्पत्ति करिब एकवर्षअघि उपचारका लागि नर्भिकको आइभिएफ सेन्टरमा आएका थिए । उनीहरुलाई विशेषज्ञ सेवा वरिष्ठ स्त्रीरोग एवम् टेष्टट्यूव बेबी विशेषज्ञ डा. नूतन शर्माले दिएकी थिइन् । उनकै निगरानीमा रहेर झाले आइभिएफबाट तिम्ल्याहा सन्तान प्राप्ति गरेकी हुन् । डा. शर्माका अनुसार झा दम्पत्तीले पहिलो प्रयासमै आइभिएफबाट सन्तान प्राप्त गरेका हुन ।

नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रियामार्फत तीनवटै बच्चा निकालिएको डा. शर्माले बताइन् । उनका अनुसार आमा र बच्चाहरुको अवस्था हाल सामान्य रहेकाले एकदुई दिनभित्रै डिस्चार्ज गर्ने तयारी छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ