२०८१ चैत्र ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सिके राउतसँग ७ हजार बढी मतान्तरले पछाडि

सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव सिके राउतसँग ७ हजार बढी मतान्तरले पछाडि


राजविराज—सप्तरी २ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव निकै पछि परेका छन् । उनलाई जनमत पार्टीका उम्मेदवार सिके राउतले ७ हजार ८ सय ७२ मतान्तरले पछि छाडेका छन् ।

जनमत पार्टीका अध्यक्ष समेत रहेका राउतले १५ हजार ५ सय ८३ मत प्राप्त गरेका छन् । जनता समाजावादी पार्टीका अध्यक्ष रहेका यादवले भने ७ हजार ७ सय ११ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका लोसपाका जयप्रकाश ठाकुरले ३ हजार १ सय ९२ मत प्राप्त गरेका छन् । ठूलो मतान्तरले पछि परेसँगै पूर्व स्वास्थ्य मन्त्री यादव संसदमा नआउने सम्भावा बढेर गएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ