२०८१ मंसीर ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके हो बाथ रोग, कस्ता हुन्छन् लक्षण ?

के हो बाथ रोग, कस्ता हुन्छन् लक्षण ?


वाथलाई मेडिकल भाषामा ‘अर्थाइटिस’ भनिन्छ । सामान्य बोलीको भाषामा जोर्नी दुख्ने वा सुन्निने, मांसपेशी तथा जोर्नीहरुको दुखाइलाई वाथ रोग भनिन्छ । वाथ रोग नसर्ने दीर्घरोग हो । यो रोगको औषधी बाँचुन्जेल सेवन गर्नुपर्ने पनि हुन सक्छ ।

धेरैजसो वाथ रोग औषधी सेवन गरुञ्जेल निको भएजस्तो हुने तर औषधी सेवन गर्न छाडेपछि फेरि बल्झने खालका हुन्छन् ।

लक्षणहरु

  • विहान उठ्ने बेला जोर्नीहरु करकर गर्ने ।
  • विस्तारै जोर्नी र औलाहरु बङ्गिएको महसुस हुने ।
  • खोकी लाग्ने, लामो समयसम्म निको नहुने र खोक्दा रगत आउने ।
  • थुक निकाल्ने ग्रन्थी सुन्निने र गाला फुलेको र सुन्निएकोजस्तो देखिने
  • कपाल झर्ने
  • मुखमा घाउहरु हुने, मुख सुख्खा भएर जिगामा घाउँहरु आउने
  • कान रातो भएर सुन्निने
  • नाक दुख्ने
  • आँखा रातो र सुख्खा हुने
  • हातखुट्टा झम्झमाउने
  • छालामा विभिन्न किसिमका फुस्रा दाग लामो समयसम्म देखिने
  • कहिलेकाही तनावले गर्दा दागहरु देखिने र पछि विस्तारै हराउँदै जाने ।
    यस्ता समस्याहर देखिएमा वाथका लक्षणहरु हुन भन्ने बुझन पर्छ । समयमै विशेषज्ञलाई देखाउनुपर्छ ।

कुन उमेर समूहकालाई यो रोग बढी हुन्छ ?

वाथरोग धेरै प्रकारका छन् । कुनै व्यक्ति विशेषलाई बाथ हुने होइन् । यो जुनसुकै उमेर समुहकालाई पनि हुन सक्ने रोग हो । बाथरोग १४ वर्ष मुनिकालाई पनि हुने रोग हो । १४ वर्षभन्दा मुनिकालाई हुने वाथलाई ‘जुबिनाइल’ भनिन्छ । जसमा बच्चाहरुमा लामो समयसम्म ज्वरो आउने, खुट्टा दुख्नेजस्ता लक्षणहरु देखिन्छन् । तर, त्यो समयमै पहिचान भएन भने पछिसम्म जान सक्छ ।

सानो उमेरकालाई यो रोग देखियो भने बंशाणुगत हुन सक्छ । साथै, यो रोग वयस्कहरु, गर्भवती महिलाहरु त्यस्तै महिनावारी सुक्ने बेलामा वा महिनावारी रोकिएपछि देखिने बाथ रोग देखिन थाल्छ । यसका साथै जीवनको उत्तरार्धमा शरीर कमजोर हुँदै गएमा वाथरोग देखिन सक्छ ।

वाथ रोगको उपचार के हो ?

समयमै रोग पहिचान गरेर उपचार गर्न सकिएमा यसको उपचारमा सजिलो हुन्छ । वाथ रोगको उपचार यही नै हो भन्ने हुँदैन् । वाथ रोगका लागि रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन मिलाउने औषधी दिने गरिन्छ । सबैभन्दा पहिले वाथको पहिचान गरिन्छ र औषधी चलाइन्छ । बिरामीले नियमित औषधि खाएर नियन्त्रण गर्नुपर्ने हुन्छ ।

युरिक एसिड र वाथका बिरामीले बढी प्रोटिन भएका खानेकुराहरु खानु हुँदैन् । त्यसका साथै वाथका बिरामीलाई व्यायाम योग निरन्तर गर्नेजस्ता सावधानी सधैँ अपनाउनुपर्छ ।

प्रस्तुतीः भूमिका विष्ट


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ