२०८१ माघ १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको शल्यक्रिया

पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको शल्यक्रिया


काठमाडौं—पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको शल्यक्रिया भएको छ । बिहीबार पूर्व युवराज्ञी शाहको ललितपुरस्थित मेडिसिटी अस्पतालमा टन्सिलको शल्यक्रिया भएको हो ।

‘उहाँको हिजो शल्यक्रिया भएको हो,’ पूर्व राजपरिवारका संवाद सचिव सागरराज तिमिल्सिनाले हेल्थआवाजसँग भने, ‘अहिले उहाँ स्वास्थ्य लाभ गराइरहनुभएको छ ।’

घाँटीमा समस्या देखिएपछि उनलाई बुधबार मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । सबै परीक्षणपछि बिहीबार चिकित्सकहरुले पूर्वयुवराज्ञी शाहको टन्सिलको शल्यक्रिया गरेका हुन् ।

अहिले उनको मेडिसिटी अस्पतालको भिभिआईपी कक्षमा राखेर उपचार भइरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ