आजकल धेरै मानिसहरुको जीवन एकदमै व्यस्ततामा बितिरहेको छ । अहिले कतिपय अवस्थामा हामीलाई एक्ससाइज गर्न समय मिल्दैन् भने कतिपय अवस्थामा अल्छीका कारण यसबाट हामी टाढिरहेका हुन्छौं ।
यदि तपाईका अगाडि पनि यस्तै परिस्थिती छ भने युनिभर्सिटी अफ सिड्नीले एक उत्साहजनक खबर सार्वजनिक गरेको छ । युनिभर्सिटीले गरेको एक नयाँ अनुसन्धानकाअनुसार हरेक हप्तामा केवल १० मिनेट कडा ब्यायाम गर्नाले लामो जीवन बाँच्न सकिन्छ ।
अनुसन्धान टिमले युकेको बायोबैंकबाट ७० हजारभन्दा बढी मानिसहरुको तथ्यांक एनालाइज गरेको हो । जसको उमेर ४० देखि ६९ वर्षका बीचमा थियो । र, उनीहरुलाई क्यान्सर र मुटुको बिरामी थिएन । अध्ययनमा सामेल सबै व्यक्तिलाई एक एक्टीभिटी ट्रयाकर लगाइएको थियो । यसबाट उनीहरुको हप्ताभरको फिजिकल मुभमेन्टको जानकारी एकत्रित गरिएको थियो ।
त्यसपछि वैज्ञानिकहरुले औसत ७ वर्षका लागि सबै सहभागीहरुको हेल्थ रेकर्डलाई फ्लो गरेका थिए । यसका दौरान उनीहरुको कठोर कसरत, क्यान्सर र मुटु रोगजस्ता गम्भीर बिमारी तथा मृत्युको सम्भावना बीचको सम्बन्धमाथि नजर राखिएको थियो ।
बेलायतको नेशनल हेल्थ सर्वेकाअनुसार कठोर कसरत कुनै पनि यस्तो शारीरिक गतिविधी हो, जसमा मानिसको श्वास तीब्र भएको हुन्छ । यस्ता गतिविधी गर्ने व्यक्तिहरु एक पटकभन्दा बढी शब्द बोल्न सक्दैनन् र दोस्रो पटक बोल्नुपर्दा लामो श्वास लिन्छन् । यसको उदाहरणहरुमा पौडी खेल्ने, पहाडमा साइकल चलाउने र सिढी चढ्ने समावेस छन् ।
वैज्ञानिकहरुले अनुसन्धानबाट पाए कि आरामपूर्वक एक्ससाइज गर्नुको साटो जोडदार करसत गर्ने मानिसहरुको स्वास्थ्यमा सुधार आउँछ । कम सयममै कठोर र तीब्र कसरत गर्नाले बढी फाइदा हुन्छ । अनुसन्धानमा जुन व्यक्तिहरुले विल्कुल एक्ससाइज गरेनन्, उनीहरुको ५ वर्षमा मृत्युको जोखिम ४ प्रतिशत रहेको थियो । हप्तामा १० मिनेट कठोर कसरत गर्ने व्यक्तिमा यो खतरा २ प्रतिशत र ६० मिनेट कठोर कसरत गर्ने व्यक्ति केवल १ प्रतिशत मृत्युको जोखिम पाइएको थियो ।
-एजेन्सीको सहयोगमा