२०८१ माघ ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसबै सरकारी अस्पतालमा ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियत

सबै सरकारी अस्पतालमा ओपीडी टिकटमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियत


काठमाडौं—सरकारले विद्यार्थीहरुलाई सबै सरकारी अस्पतालहरुमा ओपीडी टिकटमा ५० प्रतिशत सहुलियत दिने व्यवस्था गरेको छ । ९ असोजमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले मन्त्रीस्तरीय निर्णय गर्दै सबै सरकारी अस्पतालमा विद्यार्थीलाई ओपीडी टिकमा ५० प्रतिशत सहुलियत दिने निर्णय गरेका हुन् ।

संघ मातहतका २७ वटा संघीय अस्पताल तथा स्वास्थ्य केन्द्रमा अब विद्यार्थीले परिचय देखाएमा ओपीडी टिकटमा ५० प्रतिशत छुट पाउनेछन् । यसैगरी, प्रदेश र स्थानीय तहअन्तर्गतका सरकारी अस्पतालहरुलाई पनि मन्त्रालयले परिपत्र गर्दै ओपीडी टिकटमा सहुलियत दिन परिपत्र गरिसकेको छ ।

नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियुले विद्यार्थीलाई स्वास्थ्य सेवामा ५० प्रतिशत सहुलियत दिनुपर्ने माग गर्दै मन्त्री खापुङलाई यसअघि ज्ञापनपत्र बुझाएको थियो । उक्त ज्ञापनपत्र लामो समयसम्म सुनुवाई नभएपछि पुनः एस निकट विद्यार्थीहरुले स्मरण पत्र बुझाउँदैं सरकारी अस्प्तालहरुमा विद्यार्थीलाई परिचय पत्रका आधारमा सहुलियतको व्यवस्था गर्न दबाब दिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ