२०८१ माघ ११, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६१.८ प्रतिशत पास

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६१.८ प्रतिशत पास


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बुधबार परिषद्ले १ देखि ५ असोजसम्म सम्पन्न चौथो लाइसेन्स परीक्षामा समग्रमा ६१.८ प्रतिशत उत्तीर्ण भएको परिषद्का रजिष्ट्रार पुष्पराज खनालले जानकारी दिए ।

माष्टर्स तहमा १ सय ३२ जनाले परीक्षा दिएकामा ५८ जना पास भएका छन् । जुन ४३.९ प्रतिशत हो ।

यसैगरी, ब्याचलर तहमा ८७६ जनाले परीक्षा दिएमा ३४० जना पास भएका छन् । जुन ३८.८ प्रतिशत हो ।

पिसिएलमा ३ हजार ७ सय ५७ जनाले परीक्षा दिएकामा २ हजार ९ सय ४५ जना उत्तीर्ण भएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ