विराटनगर—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नै फार्मेसी सञ्चालनमा ल्याएको छ । सरकारको नीतिअनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणको प्रभावकारी पहुँच सुनिश्चित गर्न प्रतिष्ठानको आफ्नै फार्मेसी सञ्चालनमा ल्याइएको प्रतिष्ठानका सह—प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिए ।
बिहीबार फार्मेसीको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक औपचारिक कार्यक्रममाझ उद्घाटन गरेका हुन् । सो क्रममा उनले आफ्नै फार्मेसीमार्फत सर्वसाधारणलाई गुणस्तरीय औषधी सर्वसुलभ रुपमा उपलब्ध हुने बताए । ‘प्रतिष्ठानलाई पनि आर्थिक रुपमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
सो अवसरमा प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सुर्यप्रसाद संग्रौलाले अस्पताल हातााित्रे औषधी उपलब्ध हुँदा बिरामीलाई रातविरात बाहिर जानुपर्ने समस्याबाट राहत पुग्ने विश्वास व्यक्त गरे ।
प्रतिष्ठानका अस्पताल निर्देशक एवं फार्मेसी सञचालन तथा व्यवस्थापनका संयोजक डा.जगत नारायण प्रसादले औषधी र औषधीजन्य पदार्थ।सामाग्रीहरुको उपलब्धतालाई सहज, व्यवस्थित एवं प्रभावकारी बनाइने बताए । उनले भर्ना भएका बिरामीहरुलाई अन्यत्र कतै औषधि खरिद गर्न जानु नपर्ने गरी प्रतिष्ठान फार्मेसीबाट बेडमा नै औषधी पु¥याउने लक्ष्य लिएर काम अगाडि बढिरहेको उल्लेख गरे ।
उक्त अवसरमा प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा.गुरुप्रसाद खनाल, विभिन्न विभाग, महाशाखा, शाखाका प्रमुखहरुलगायत शिक्षक, कर्मचारी र संचारकर्मीको उपस्थिती रहेको थियो ।